दुई वटा पेट्रोल पम्पमा छापा मारेर शीलबन्दी

<span class='c1'>दुई वटा पेट्रोल पम्पमा</span> <span class='c2'>छापा मारेर शीलबन्दी</span>

रौतहट– नापतौल तथा गुणस्तर विभागको क्षेत्रीय कार्यालय वीरगंजले मंगलवार रौतहटको दुई वटा पेट्रोल पम्पमा छापा मारेर शीलबन्दी गरेको छ।

विभागका निरीक्षण अधिकृत शम्भु आचार्यको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली सरमुजवा गाविस वार्ड नम्बर ८ स्थित बंकुल बजारमा रहेको प्रवीण आयल स्टोर्स र ओम आयल ट्रेड कन्सर्नमा छापामारी शीलबन्द गरेको हो।

प्रवीण आयल स्टोर्समा प्रति दश लिटरमा चालीस ग्राम डिजेल कम भएको तथा पेट्रोलको मेसिन ड्राइ भएको पाइएकोले शीलबन्द गरिएको छ । प्रवीण आयल स्टोर्सका सञ्चालक राम नरेश प्रसाद जयसवाल फरार भएका छन् । यसैगरी ओम आयल टे«ड कन्सर्नमा प्रति दश लिटर डिजलमा ९० ग्राम र पेट्रोलमा ६० ग्राम तेल कम रहेको पाइएकोले शीलबन्द गरिएको हो

। ओम आयलका सञ्चालक ओम प्रकाश जयसवाल पनि फरार भएका छन् । फरार दुवै पम्प सञ्चालकको खोजी कार्य भइरहेको र उपभोक्तालाई कम तौल दिएर ठगी गरेको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपि नवीन कृष्ण भन्डारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्