गत आर्थिक वर्षको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड

<span class='c1'>गत आर्थिक वर्षको व्यापार घाटा १४</span> <span class='c2'>खर्ब ५४ अर्ब ५९ करोड</span>

गत आर्थिक वर्ष २०७९/८० मा मुलुकको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो व्यापार घाटा अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा १५.४५ प्रतिशतले कमी हो ।

गत आर्थिक वर्ष कुल १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा मुलुकले कुल १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष मुलुकको आयात १६.०८ प्रतिशतले कमी हो भने निर्यात २१.४४ प्रतिशतले कमी हो ।

गत आर्थिक वर्ष सरकारले केही वस्तुको आयातमा लगाएको प्रतिबन्धका कारण व्यापार घाटामा कमी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्