चीनको वुहानपछि अब अमेरिकाको मासु बजारबाट कोभिड–१९ भन्दा पनि घातक विश्वव्यापी महामारी फैलिने खतरामा छ ।
हार्वर्डका वैज्ञानिकहरूले आफ्नो एक रिपोर्टमा यस्तो दाबी गरेका छन् । उनीहरूको प्रतिवेदन अनुसार मानव, जनावर र जङ्गली जनावरको आपसी सम्पर्कका कारण यसको जोखिम बढ्ने उल्लेख गरिएको छ । यो प्रतिवेदन हार्वर्ड ल स्कूल र न्यूयोर्क विश्वविद्यालयले सार्वजनिक गरेको हो।
प्रतिवेदन तयार गर्ने टोलीका सदस्य एन लिन्डरले भने कि, त्यहाँ वास्तवमै सुरक्षाको गलत भावना र आनुवंशिक रोग अन्यत्र अवस्थित छ र अमेरिकामा हुन सक्दैन भन्ने निराधार विश्वास छ। हार्वर्ड ल स्कूल र न्यूयोर्क विश्वविद्यालयका रिपोर्टहरूले पनि जोखिमका धेरै बिन्दुहरूको बारेमा औँल्याएका छन् ।
एन लिन्डरले भने कि प्रत्येक वर्ष लगभग २२ करोड जीवित जंगली तथा घरपालुवा जनावर र अन्य उद्देश्यका लागि अमेरिकामा आयात गरिन्छ।कसैले कुकुर वा बिरालोलाई अरु देशमा ल्याउनुपर्ने हो भने प्रक्रियामा सामेल हुनुपर्छ । तर, एक आयातकर्ताले सजिलो नियमको साथ दक्षिण अमेरिकाबाट १०० जंगली स्तनपायी सजिलै ल्याउन सक्छ।
पशु आयात र निर्यातमा सजिलो कानुनका कारण अमेरिकामा कोभिड भन्दा खतरनाक भाइरस उत्पन्न हुने र त्यो तीव्रताका साथ फैलने ती वैज्ञानिकहरूको दाबी छ ।
न्यूज कारखाना