पाँचथरको फिदिम बजार नजिकै सरकारी मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

<span class='c1'>पाँचथरको फिदिम बजार नजिकै सरकारी मोटरसाइकल</span> <span class='c2'>दुर्घटनामा परी एक जनाको मृत्यु</span>

पाँचथरको सदरमुकाम फिदिम बजार नजिकै सरकारी मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।मंगलबार बिहान एक बजेर ४५ मिनेट जाँदा फिदिम–२ ओदिनमा भएको दुर्घटनामा झापाको विर्तामोड नगरपालिका ८ निवासी २४ वर्षीय युवराज अधिकारीको मृत्यु भएको हो ।

अधिकारी सवार प्रदेश ०१–०३–००१ ब ००१९ नम्बरको मोटरसाइकल फिदिम २ ओदिन नजिकै दुर्घटनामा परेको थियो । मृतक प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय पाँचथरमा कार्यरत थिए । उनी चढेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मोटरसाइकल सडकमै भेटिएपनि उनको शव भने करिब १० मिटर तल खसेको थियो ।

मोटरसाइकलमा उनी सामदिनदेखि फिदिमतर्फ आँउदै गर्दा दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख कुलबहादुर बुढाथोकीले बताए ।

अगाडिको मोटरसाइकलमा रहेका उनकै सहकर्मीले दुर्घटनाका विषयमा प्रहरीलाई जानकारी गराए लगत्तै उद्वार गरी उपचारार्थ पाँचथर अस्पताल ल्याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्