आइतबार दिउँसो सुन्दरहरैंचा नगरपालिका–९ मुस्लिम टोलस्थित अब्दुल मल्लिकको खानेपानीको इनार सफा गर्ने क्रममा डुबेर एक जनाको निधन भएको छ। बेलबारी नगरपालिका–७ का २५ वर्षीय बौका कुमालको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए।
इनार सफा गर्ने क्रममा डुबेका कुमाललाई उद्दार गरी उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याउना साथ चिकित्सकले मृत घोषित गरेका हुन्।