सुनसरी । सुनसरीको दुहबी नगरपालिका-२ स्थितमा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ ।
बिहिबार बेलुका साढे ७ बजे आफ्नै घरमा सिटी सफारी चार्जमा हाली राखेको अवस्थामा कुशुम लाल साहको छोरा ३ बर्षीय दिनेश शाह सोही सिटी सफारीमा खेल्ने क्रममा अचानक करेन्ट लागि घाईते भई उपचारको लागि बिराट टिचिङ हस्पिटल लगिएकोमा उनको मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
फोटो:फाइल