विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय (पीआइटी) र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर सहित छ जनालाई पक्राउ गरेको छ ।
बिहिबार सुनसरीको धरान उप-महानगरपालिका- ८ स्थित लागुऔषध बिक्रि बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (पीआइटी) समुहबाट खटिएको टोलीले स्थानीय २२ बर्षीय साजन बि.क.,३३ बर्षीय सिताराम तामाङ, ४२ बर्षीय जनक राई, ३५ बर्षीय रबिन बराईली र २४ बर्षीय आलोक मगरको साथबाट २ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।
त्यसैगरी मोरङको रंगेली नगरपालिका-४ स्थित ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले साईकल यात्री भारतका ७० बर्षीय भल्लु पासवानलाई संका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ४ ग्राम ७ सय ९० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।