विराटनगर । किरण केक पार्लर विराटनगरकी संचालिका किरण व्यासले भारतमा "वोमन लिडरशिप अवार्ड" जित्न सफल भएकी छिन।
भारतको नयाँ दिल्लीमा आयोजित एक समारोहबीच ग्लोबल एम्पायर इभेन्ट्सले व्यासलाई सम्मान गरेको हो।
उनले महिला भएर पनि व्यवसायिक क्षेत्रमा राम्रो योगदान दिए वापत यो अवार्ड प्रदान गरिएको हो ।
उक्त अवार्डले आफुलाई थप जिम्मेवारी प्रदान गरेको र आगामी दिनमा समेत यस क्षेत्रमा अझ धेरै महिलाहरुलाई लाग्न प्रोत्साहन गर्ने उनले बताइन।