बिराटनगर असार ३१, नेपाली कांग्रेसको मोरङ जिल्ला कार्यालयमा नि:शुल्क वाइफाई जोन बनाइएको छ । कांग्रेस सदस्य राजेश गुप्ताको सहयोगमा कांग्रेस कार्यालयमा वाइफाइ जडान गरिएको हो । पार्टी कार्यालयमा आउने कार्यकर्ता तथा नेताहरूका लागि सुचनामा सहज बनाउन वाइफाइ जडान गरिएको बताइएको छ ।