उदयपुरमा ५१ जनामा डेङ्गु सङ्क्रमण

<span class='c1'>उदयपुरमा ५१ जनामा</span> <span class='c2'>डेङ्गु सङ्क्रमण</span>

उदयपुर । उदयपुरमा हालसम्म ५१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।

साउनको सुरुदेखि हालसम्म सो सङ्ख्यामा सङ्क्रमित फोला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

हालसम्म सबैभन्दा बढी त्रियुगा नगरपालिकामा २१ जना सङ्क्रमित फेला परेका छन् । बेलका नगरपालिका, चौदण्डी गढी नगरपालिका र कटारी नगरपालिकामा डेङ्गुको बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयका ल्याब प्रमुख तथा फोकल पर्सन लहुकाजी राईले जानकारी दिनुभयो।

जिल्ला अस्पताल उदयपुरका प्रमुख डा.ज्ञानेन्द्र झाका अनुसार सङ्क्रमितको अवस्था सामान्य रहेको छ । साउन १ गतेदेखि उदयपुरमा डेङ्गुका बिरामी देखा पर्न थालेको र हालसम्म ५१ जनामा सङ्क्रमण देखा परेको उहाँले जानकारी दिनुभयो ।

केही सिकिस्त बिरामीलाई उपचारका लागि सुनसरी र विराटनगर पठाइएको छ भने बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रमुख डा.ज्ञानेन्द्र झाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्