विराटनगर । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले पब्जी मोबाइलसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी गरेको छ ।
ईस्पोर्टस् समुदायलाई लक्षित गर्दै वर्ल्डलिङ्कले बिहीबार गेमिङ प्याकेज सार्वजनिक लागेको हो ।
यो प्याकेज केही ई-स्पोर्ट्स खेलाडीले परीक्षणका रूपमा प्रयोग गर्दै आएका थिए । जसबाट पब्जीको लेटेन्सी एकदमै न्यून पाइएको कम्पनीकाे दाबी छ ।
ईन्टरनेटमा लेटेन्सी अथवा पिङ रेसपोन्स जति कम भयो त्यति राम्रो मानिन्छ । उक्त प्याकेज ‘प्रो गेमिङ वाई-फाई सिक्स’ राउटरको साथमा उपलब्ध हुनेछ। यसबाट ई-स्पोर्ट्समा अहिले देखिएको लेटेन्सीको समस्या सम्बोधन हुने अपेक्षा गरिएको छ ।
बिहिबार राति ८ बजे वर्ल्डलिङ्कको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरेर प्याकेज सार्वजनिक गर्ने कम्पनीको तयारी छ ।
कम्पनीका अनुसार पब्जीसँगको सहकार्यमा नेपालमै पहिलोपटक यस्तो प्याकेज ल्याउन लागिएको हो ।