धनकुटा र सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ७ जना पक्राउ

<span class='c1'>धनकुटा र सुनसरीबाट प्रतिबन्धित लागुऔषध</span> <span class='c2'>सहित ७ जना पक्राउ</span>

विराटनगर । धनकुटा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार धनकुटाको धनकुटा नगरपालिका-१ हिले स्थितमा प्रहरी चौकी हिले र ईलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा २ ग्राम ५ सय ६० मिलिग्राम ब्राउन सुगर सहित स्थानीय ३१ बर्षीय राजेश तामाङ, २९ बर्षीय बिनोद घिमिरे, २५ बर्षीय फुर्वा तामाङ, २६ बर्षीय पदम न्यौपाने, २७ बर्षीय युवराज बि.क. र पाख्रीबास-३ का २५ बर्षीय सरोज तामाङलाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरी सुनसरीको ईटहरी उप-महानगरपालिका-६ स्थितमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ईटहरी-६ स्थितमा होटल संचालन गरी बस्दै आएका ४० बर्षीय सुनिल चौधरीलाई २ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्