मनसुन सुरू भएयताको बाढी–पहिरोबाट ३५ जनाको मृत्यु

<span class='c1'>मनसुन सुरू भएयताको बाढी–पहिरोबाट</span> <span class='c2'>३५ जनाको मृत्यु</span>

मनसुन सुरू भएयताको बाढी–पहिरोबाट ३५ जनाको मृत्यु भएको छ। २७ जना बेपत्ता रहेको गृहमन्त्रालयअन्तर्गत विपद् पूर्वातयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएको छ। उसका अनुसार गत जेठ ३१ देखि साउन २० गतेसम्मको बाढी–पहिरोबाट ४५ जना घाइते भएका छन्। १ सय ११ घरहरूमा पूर्ण क्षति पुगेको छ भने १८८ घरमा आंशिक क्षति पुगेको छ।

बाढी–पहिरोबाट संखुवासभामा मात्रै १९ जना बेपत्ता छन्। उनीहरू जीवित भेटिन् सम्भावना न्यून रहेको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जानकारी दिएको छ। उनीहरूलाई मृतक सो सरहको राहत उपलब्ध गराउन जिल्ला दैवी प्रकोप उद्धार समितिले लेखिपठाएको सहायक प्रमु जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए। मृतक सरह मानिएका ती बेपत्ताका परिवारले प्रतिव्यक्ति २ लाख पाउने छन्। एकाघरबाट एकभन्दा बढी मृतकसरह भए थप एक लाख दिइने पनि उनले बताए।

आजै मात्र काठमाडौंको पश्चिम–उत्तर क्षेत्रमा पर्ने तारेकश्वर नगरपालिका–५ मा पहिरो जाँदा एकै घरका बाबुछोरीको निधन भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चालु मनसुनबाट १२ लाख ५४ हजार प्रभावित हुन प्रक्षेपण गरेको छ। उसले २ लाख ८६ हजार ९८९ घरधुरी पनि प्रभावित हुने आकलन गरेको छ।

प्राधिकरणकाअनुसार यस वर्ष मनसुनजन्य विपद्बाट सबैभन्दा बढी मधेसमा ४ लाख ३ हजार १८० प्रभावित हुने अनुमान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्