सरकारी कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ

<span class='c1'>सरकारी कर्मचारी हुँ भन्दै</span> <span class='c2'>ठगी गर्ने पक्राउ</span>

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सरकारी कर्मचारी हुँ भन्दै पेशेवर रुपमा ठगी गर्ने तथा लिखतसम्बन्धी कसुरमा सम्लग्न व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–३ स्थायी घर भएको सतेन्द्र अधिकारी भन्ने सत्यन्द्रप्रसाद यादव रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका यादवले आफूलाई वीर अस्पतालको डा तथा नेपाल सरकार गृह मन्त्रालयको कर्मचारी रहेको भनी जाहेरवालालाई वीर अस्पतालमा जागिरसमेत लगाइ दिन्छु र निजको आफन्तलाई वैदेशिक रोजगारको लागि क्यानडा इजरायल लगायतका देशमा सरकारी कोटामा पठाइ दिने भन्दै विभिन्न व्यक्तिका राहदानी, नागरिकता, सवारी चालक अनुमतिपत्र लागि विभिन्न प्रलोभन र प्रभावमा पारी रु ३० लाख ५५ हजार लिई ठगी गरी सम्पर्कविहिन भई भएको उजुरीका आधारमा निजलाई ललितपुरको ग्वार्कोबाट पक्राउ गरिएको हो ।

यसैगरी निजले विकास पाण्डे नाम गरेको व्यक्तिको मोटरसाइकलको बिलवुकमा आफ्नो फोटो टाँसी किर्ते गरेको खुल्न आएको काठमाडाँै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेका सतेन्द्रप्रसाद अधिकारी भन्ने सत्यन्द्र यादवलाई ठगी सम्बन्धी कसुर र लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेलमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताउनभयो ।

त्यस्तै सर्वोच्च अदालतका न्यायाधीश नहकूल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रहरी नायब निरीक्षक प्रभाकार खड्काको पेस्तोल चोरी गरी पक्राउ परेका दुई जनाको आज प्रहरीले अदालतबाट म्याद थप गरेको छ ।

उक्त पक्ररणमा सिन्धुपाल्चोक बारबिसे–३ का २१ वर्षीय वासुदेव थामी र सिन्धुली गोलान्जोर–४ का २७ वर्षीय मेगबहादुर तामाङलाई शुक्रबार साँझ पक्राउ गरी आज थप अनुन्सधानका लागि जिल्ला अदालतबाट म्याद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका थामी र तामाङलाई आज जिल्ला अदालतबाट म्याद थप गरी उक्त घटनाका विषयमा थप आवश्यक अनुसन्धान भइरहेको छ । चोरी गरिएको पेस्तोल तथा त्यसमा लाग्ने सात राउण्ड गोलीसहित म्यागेजिन बौद्धको साघुँ नजिकैबाट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

क्यानडा पठाइ दिन्छु भनि ठगी गर्ने महिला पक्राउ

क्यानडा पठाइ दिने भन्दै रकम ठगी गर्ने एक महिलालाई काठमाडौँ उपत्यका अपराध अनुसान्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका–६ घर भई हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–३ बस्ने २७ वर्षीया फुलमाया जिरेल रहेकी काठमाडौँ उपत्यका अपराध अनुसान्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार निजले नवराज घिमिरेलाई वैदेशिक रोजगारीको लागि क्यानडा पठाइ दिने तथा त्यसको लागि रु १० लाख लाग्ने र क्यानडा पुगेपछि प्रतिष्ठित होटेलमा काम लगाइ दिने र मासिक रु एक लाख तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु तीन लाख ७४ हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा मीन भवनबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकी निज जिरेललाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसान्धान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्