सर्पले डसेर सर्लाहीमा बालकको मृत्यु

<span class='c1'>सर्पले डसेर सर्लाहीमा</span> <span class='c2'>बालकको मृत्यु</span>

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ ।

मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका अन्दाजी वर्ष १२ का छोरा नुरसैद्द अन्सारीको विषालु करेत सर्पको डसाईबाट मृत्यु भएको हो ।

नुरसैद्द ईश्वरपुर नगरपालिका–१३ श्रीनगरस्थित मामाघरमा बस्ने गरेका र राति अन्य बालबालिकासँगै म्याट ओछ्याएर सुतेका उनलाई सुतेकै ठाउँमा सर्पले डसेको पाइएको प्रहरीले जनाएको छ ।

बालकलाई राति कानमा सर्पले डसिरहेको देखेपछि सँगै सुतेका अन्य बालबालिकाले हल्लाखल्ला गरेपछि थाहा पाइएको स्थानीयले बताएका छन् । सर्पले डसेपछि बालकलाई उपचारका लागि लालबन्दी नगरपालिका–१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो ।

उपचार केन्द्रमा भेन्टिलेटर र आइसियू सञ्चालनमा नरहेको भन्दै जनकपुर रेफर गरेपछि जनकपुरमा उपचारको क्रममा बालकको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्