नेपाल तामाङ घेदुङ संघ मोरङ र मगर संघद्धारा सिडियो मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र

<span class='c1'>नेपाल तामाङ घेदुङ संघ मोरङ र</span> <span class='c2'>मगर संघद्धारा सिडियो मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र</span>

विराटनगर । नेपाल तामाङ घेदुङ संघ जिल्ला समन्वय समिति मोरङले र नेपाल मागर संघ जिल्ला समन्वय समिति मोरङले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

सोमबार उनीहरुले संयुक्त रुपमा जिल्लाा प्रशासन कार्यालयमा मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

साउन १७ गतेको प्रदर्शनमा प्रहरीको चरम यातना र निर्घात कुटपिटबाट घाइते भएका सबैलाई यथाशीघ्र उपचार या उपचार खर्च सहित उचित क्षतिपूर्तिको माग राख्दै ज्ञापनपत्र बुझाइएको तामाङ घेदुङ संघकी नगर अध्यक्ष विष्णु तामाङले जानकारी दिइन् ।

उनको अनुसारको अनुसार ज्ञापनपत्र बुझाउनु अघि तामाङ घेदुङ जिल्ला समन्वय समिती मोरङ अध्यक्ष टिकाराम पिठाकोटे थापा मगर र नेपाल मगर संघ जिल्ला समन्वय समिति मोरङ अध्यक्ष राम कुमार तामाङको सयुक्त नेतृत्वमा केन्द्रिय कार्यक्रम अनुसार अधिवक्ता भगवती पाण्डेलाई कार्वाहीको माग राख्दै प्रदर्शन समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्