पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई छुटाउने प्रयास शुरु

<span class='c1'>पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई</span> <span class='c2'>छुटाउने प्रयास शुरु</span>

भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय पाएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलमुक्त गर्ने प्रयास प्रारम्भ भएको छ ।

‘ट्रायल कोर्ट’को तीन वर्ष जेल बस्नुपर्ने निर्णयलाई चुनौती दिँदै नेता खानका वकिलहरूले आज पुनरावेदन दायर गरेका हुन् । पुनरावेदनमा उहाँलाई धरौटीमा जेलमुक्त गर्न आग्रह पनि गरिएको छ । पुनरावेदनउपर भोलि बुधबार सुनुवाइ हुने बताइएको छ ।

पूर्व अन्तरराष्ट्रिय क्रिकेट स्टार खानलाई गत शनिबार पक्राउ गरिएको थियो । गत वर्षको अप्रिलमा सदनमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पटबाट हट्नुभएका उहाँमाथि दुई सयभन्दा बढी मुद्दा लगाइएको छ ।

पदमा रहँदा आफूले प्राप्त गरेका उपहारको वास्तविक घोषणा नगरेकामा दोषी ठह¥याएर उक्त अदालतले शनिबार नै उहाँलाई तीन वर्षको जेल सजाय सुनाएको थियो । रासस/एएफपी

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्