विराटनगर । पाँच जना छात्रालाई बाल यौन दुर्व्यवहार गरेको आरोप लागेको शिक्षक धरौटीमा छुटेका छन् ।
मोरङको जहदा गाउँपालिकास्थित जनप्रिय आधरभूत विद्यालयका २७ वर्षीय शिक्षक विकाशकुमार साह धरौटीमा रिहा भएका हुन् । मोरङ अदालतका न्यायाधीश राजेशश्वर आर्यालयको इजालशले १ लाख रुपैयाँ धरौटीमा छोडन मंगलबार आदेश दिएका हुन् ।
मोरङ अदालतमा दायर भएको बाल यौन दुरुपयोग मुद्दामा शिक्षक साहविरुद्ध पाँच जना छात्राको जाहेरीमा छुटा–छुट्टै अभियोग दर्ता भएको थियो । थुनछेकपछि न्यायाधीश अर्याललको इजालशले पाँच वटा मुद्दामा जनही २० हजार रुपैयाँको दरले धरौटिमा छोडन आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए । उनका अनुसार अदालतले तोकेको धरौटि रकम बुझाएर शिक्षक साह रिहा भएका छन् ।
साहले पछिल्लो पटक जेठ ३२ गते छात्रालाई यौन दुर्व्यवहार गरेको उजुरी मोरङ प्रहरीमा परेको थियो ।
प्रहरीमा जाहेरी परेपछि शिक्षक साह असार ११ गते पक्राउ परेका थिए ।