झापा । झापाको कन्काई नगरपालिका-१ स्थितमा पौडी खेल्ने क्रममा २ जना बालबालिकाको डुबेर मृत्यु भएको छ ।
बिहिबार बेलुका ५ बजे घर नजिकै रहेको बाघे खोलामा पौडी खेल्ने क्रममा स्थानिय बिजय भुजेलको ४ बर्षीया छोरी निशा भुजेलको पानीमा डुबेर घटना स्थलमा नै मृत्यु भएको र देबी माया जोगीको ३ बर्षीय छोरा कुमार जोगी पानीमा डुबि घाईते भई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लागिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
दुबै शवलाई पोष्टमार्टमको लागि प्रदेशिक अस्पताल भद्रपुर पठाईएको र घटना समबन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
फोटो:फाइल