विराटनगर । जसपाकी एक्लि सांसद निर्मला लिम्बुलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
लिम्बूलाई आजै उनलाई स्वास्थ्य मन्त्रालय जिम्मा दिने तयारी रहेको मुख्यमन्त्री उद्वव थापाले बताए । मुख्यमन्त्री थापाका अनुसार लिम्बुको सपथ दिउँसो ३ बजेका लागि तय गरिएको छ ।
पछिल्लो समय नामाकरणको विषयमा भएको आन्दोलनलाई सम्बोधन नगरे सरकारमा नजाने जसपाको निर्णय थियो ।
मुख्यमन्त्री थापाले प्रदेशको नामाकरणलाई लिएर आन्दोलनरत पहिचान पक्षधरधरसँग वार्ता गर्ने प्रतिवद्धता जनाएसँगै जसपा सरकारमा सहभागी हुने तयार भएको हो ।
फोटो:फाइल