झापाको चारआलीस्थित पाउँ पाथीभरा मन्दिरको प्रवेशद्वारमा अचानक रुख ढल्दा एक युवती घाइते

<span class='c1'>झापाको चारआलीस्थित पाउँ पाथीभरा मन्दिरको प्रवेशद्वारमा</span> <span class='c2'>अचानक रुख ढल्दा एक युवती घाइते</span>

 झापाको मेचीनगर- १३ चारआलीस्थित पाउँ पाथीभरा मन्दिरको प्रवेशद्वारमा अचानक रुख ढल्दा एक युवती घाइते भएकी छन्।

आइतबार बिहान पाउँ पाथीभरा मन्दिर छिर्ने भित्री सडक खण्डमा सखुवा जातको रुख लड्दा पाउँ पाथीभरा मन्दिर बाहिर पूजा सामग्री बिक्री गर्ने मेचीनगर- १२ कालिझोडा निवासी अन्दाजी ३२ वर्षीया सृजना खरेल घाइते भएकी हुन्।

उक्त रुखको हाँगाले लागेर घाइते भएकी उनलाई उपचारको लागि मनकामना अस्पताल चारआली लगिएको छ।

प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले रुख हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्र रिजालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्