रेडक्रसको पुर्बी नेपालमा ११ करोडको प्रोजेक्ट संचालन हुने

<span class='c1'>रेडक्रसको पुर्बी नेपालमा ११</span> <span class='c2'>करोडको प्रोजेक्ट संचालन हुने</span>

विराटनगर, साउन ३ , नेपाल रेडक्रस सोसाइटीको आयोजनमा उत्थानशील समुदाय निर्माणको लागि विपद् जोखिम न्यूनीकरण कार्यक्रम संचालन हुने भएको छ ।  फिनिस रेडक्रसको समन्वय तथा फिनिस परराष्ट्र मन्त्रालयको आर्थिक सहयोगमा २०१६ जुन देखि २०१९ को डिसेम्बरसम्म कार्यक्रम संचालन हुने जानकारी दिइएको थियो । कार्यक्रम पूर्वाञ्चलका ४ वटा जिल्लाका सोलुखुम्बु, ताप्लेजुङ, मोरङ र सुनसरीका ९ वटा गाविसका १८ वटा वार्डमा संचालन गरिने जानकारी दिनुभयो । तर अहिलेसम्म जिल्ला मात्र छनौट गरेको जानकारीदिदै गाविस  र वार्ड छनौट गर्न बाकी रहेको बताइएको थियो । यो परियोजनाको ११ करोड बजेटमा विपद् सम्बन्धी जनचेतना, स्थानीयस्तरमा राहत वितरणलाई सुदृढ गर्दे विपद् जोखिम न्यूनीकरण गर्न २ सय २१ वटा कार्यक्रम संचालन गर्ने उत्थानशील समुदाय निर्माणको लागि  विपद् जोखिम न्यूनीकरण कार्यक्रमका अधिकृत सुनरमन महतोले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले विपद्लाई व्यवस्थापन गर्न नसक्दा अहिले पनि गत बर्ष आएको भुकम्पका कारण धेरै भूकम्प पीडितहरु कष्टप्रद जिवन जिउन बाध्य रहेको बताउनु भयो । उहाले प्राकृतिक प्रकोप, विपद्लाई व्यवस्थापन गर्न सबै सचेत भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । यस्तै कार्यक्रममा बोल्दै मोरङका प्रहरी प्रमुख सन्दीप भण्डारीले विपद् व्यवस्थापन गर्न मोरङ प्रहरीले सक्दो सहयोग गर्ने जानकारी दिनुभयो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी विराटनगर शाखाका अध्यक्ष सुबोध सिंहको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्