कोशी प्रदेशमा वर्षाको कारण ठाउँ ठाउँमा सडक यातायात सम्पर्क विच्छेद

<span class='c1'>कोशी प्रदेशमा वर्षाको कारण ठाउँ</span> <span class='c2'>ठाउँमा सडक यातायात सम्पर्क विच्छेद</span>

कोशी प्रदेशमा भएको अविरल वर्षाको कारण ठाउँ ठाउँमा सडक यातायात सम्पर्क विच्छेद भएको छ। अविरल वर्षासँगै आएको बाढी र पहिरोको कारण विभिन्न स्थानहरूमा सडक अवरोध भएको छ।

ताप्लेजुङको मैवाखोलामा बाढी आई मेरिङदिन गाउँपालिका–३ मा दोभान बजार र आठराई त्रिवेणी गाउँपालिका–५ जोड्ने मोटरेबल पुलसम्म जाने बगाएको छ । बाटो बाढीले बगाउँदा दुवै तर्फको सवारी आवागमन बन्द भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

सुनसरीको वराहक्षेत्र नगरपालिका–१ गुप्त बराहको भित्री सडक खण्डमा सडकमा पहिरो खसेको छ। पहिरो खस्दा बाटो अवरोध भएको प्रहरीले जनाएको छ ।

त्यस्तै ताप्लेजुङको फुङलिङ नगरपालिका–८ खोक्से खोला स्थित मेची राजमार्गमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरोध भएको प्रहरीले जनाएको छ।बाढी र पहिरोमा अवरुद्ध भएको स्थानहरूमा खटिएको प्रहरी टोलीले स्थानीय निकायहरूसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको जनाएको छ।

यसै गरी झापाको अर्जुनधारा नगरपालिका–७ खुदुवावारी–शनिश्चरे सडक खण्डमा पर्ने बिरिङ खोलाको पुलको सडकको पुलमुनिको पङ्खामा बाढीले क्षति पुर्‍याएको छ ।जीर्ण अवस्थामा रहेको पुलको प्रहरी टोलीको सहयोगमा बाँध बाँध्ने कार्य भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्