विराटनगर । कोशी प्रदेशको मुख्यन्यायधिवक्तामा अधिवक्ता बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन् ।
प्रमुख परशुराम खापुङले मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्यन्यायधिवक्तामा सुनसरी वराहक्षेत्र नगरपालिका- ३ का अधिवक्तामा कटुवाललाई नियुक्त गरिएको हो ।
नवनियुक्त मुख्यन्यायधिवक्ता कटुवाललाई आजै उच्च अदालत, विराटनगरका मुख्यन्यायधीश सत्यमोहन जोशी थारुले माननीय प्रदेश प्रमुख परशुराम खापुङको समुपस्थितिमा पद तथा गोपनियताको शपथ गराइएको हो ।