प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध

<span class='c1'>प्रतिनिधिसभाको बैठक आज</span> <span class='c2'>पनि अवरुद्ध</span>

काठमाडौँ । सुन तस्कारीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गराएको छ ।

नेकपा (एमाले) का सांसद मानवीर राईले बैठकको सुरुमै बोल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ भएको भन्दै उक्त प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै सदन अवरुद्ध कायम रहेको अवगत गराउनुभयो ।

तत्पश्चात सभामुख देवराज घिमिरेले सदनको नियमित कारबाही अघि बढाउन पटक–पटक आग्रह गर्दा एमालेका सांसद्हरुले नारावाजी जारी राखेपछि बैठक स्थगित भएको हो ।

बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसद डा सुिनल शर्माले आफ्नो रिहाइका लागि आवाज उठाउने सांसदहरुलाई धन्यवाद दिनुभयो । संसद्लाई जानकारी नदिई बिनापुर्जी पक्राउ गरेर लगेको र हिरासतमा दुव्र्यवहार गरेको भन्दै आमरण अनसन बस्ने चेतावनी समेत दिनुभयो ।

प्रतिनिधिसभाको अर्काे बैठक आगामी भदौ ३ गते आइतबार १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्