सप्तरीबाट पाँच लाख घुससहित इन्जिनियर र लेखापाल पक्राउ

<span class='c1'>सप्तरीबाट पाँच लाख घुससहित</span> <span class='c2'>इन्जिनियर र लेखापाल पक्राउ</span>

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिकाका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

गाउँपालिकाका ‘एमआइएस अपरेटर’ वीरेन्द्रकुमार यादवलाई रु दुई लाख नगद र लेखापाल टेकनारायण यादवलाई रु तीन लाखको चेकसहित अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले राजविराज नगरपालिका वडा नं ३ बाट पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

दुवै कर्मचारीलाई सोलार बत्तीको जडानलगायत योजनाको भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको उहाँले सुनाउनुभयो ।

दुवै कर्मचारीलाई आयोगले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्