विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदाै ३ गते विश्वासकाे मत लिने समय निर्धारण गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् ।
`नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्धव थापाले धारा १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेश सभाबाट बिश्वासको मत चाहेकोले मिति २०८०/०५/०३ गतेको कार्यसूचीमा समावेश गर्ने गरी प्रदेश सभा २०७४ (पहिलो संशोधन सहित को नियम १२८ को उपनियम (१) र (२ बमोजिम वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धी सूचना दिएको छु,´ थापाले दिएकाे निवेदनमा उल्लेख छ ।
थापाले आज दिउँसो सचिवालयमा निवेदन दिएका हुन् ।
थापा गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।