बिराटनगर साउन ५ , बिराटनगरका युवाहरूको लागि खुसीको खबर छ , अनियन फिल्मस् काठमाडौको आयोजनामा उक्त कार्यशाला बिराटनगरमा हुन लागेको हो । १४ अगस्ट देखि २५ अगस्ट सम्म बिराटनगरमा हुने उक्त कार्यशालामा ३० जना युवा फिल्म मेकरहरुलाई ५ जनाले प्रशिक्षण दिनेछन् । प्रशिक्षण पछि ४ वटा समुहले विभिन्न सामाजिक विषयमा छोटो चलचित्र बनाउनु पर्नेछ । उक्त चलचित्रलाई तालिमको समापनमा बिराटनगरमा प्रदर्शन पनि गरिने आयोजकले बताएको छ । यस कार्यशालाको सह-आयोजकको रुपमा बिकल्प एन अल्टर्नेटिभ, मेरिल्याण्ड कलेज बिराटनगर र बिराट कलेज अफ प्रोफेस्नल स्टडिज रहेका छन । आवर बिराटनगर डट नेट यस कार्यशालाको मिडिया पार्टनरको रुपमा रहेको छ ।