विकासका लागि योजना दिने राजनीतिज्ञ चाहिएको छ : महामन्त्री थापा

<span class='c1'>विकासका लागि योजना दिने राजनीतिज्ञ</span> <span class='c2'>चाहिएको छ : महामन्त्री थापा</span>

बनियानी (झापा) । नेपाली कांग्रेस महामन्त्री गगन थापाले देश विकासका लागि योजना दिने राजनीतिज्ञ आवश्यक रहेको औँल्याउनु भएको छ । नेपाल विद्यार्थी सङ्घ झापाअन्तर्गत कनकाइ र इन्द्रचन्द्र क्याम्पस इकाइ समितिले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताउनुभएको हो ।

“हामीलाई समस्या मात्रै देखाउने मान्छे चाहिएको छैन”, उहाँले भन्नुभयो, “दिगो विकास विकासका लागि योजना दिने राजनीतिज्ञ चाहिएको छ, समस्या त जसले पनि औँल्याउन सक्छ ।” महामन्त्री थापाले युवा पुस्ताबाट देशलाई समृद्ध बनाउने योजना आउने विश्वास व्यक्त गर्दै मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन २० वर्षे योजना तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको जनसङ्ख्यालाई आङ्कलन गर्दा अबको २० वर्षमा मुलुक बुढो हुने भएकाले विकास सम्भव नहुने उहाँको भनाइ थियो । जापान, कोरिया जस्ता देशले जवान छँदै आर्थिक समृद्धि प्राप्त गरेका बताउँदै उहाँले भन्नुभयो, “समयमै मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन सके मात्रै दिगो विकास हासिल गर्न सकिन्छ ।”

नेविसङ्घ एउटा स्कुल भएकाले यहाँ सिक्नुपर्ने थुप्रै सामाग्री ‘कन्टेन्ट’ रहेको बताउँदै थापाले चेतना र समृद्धिको राजनीतिमा लाग्न सबैलाई आग्रह गर्नुभयो । नेविसङ्घ कनकाई इकाइ समिति अध्यक्ष किरण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेविसङ्घ झापा सभापति सञ्जय निरौलाले स्वागत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन भने गोकुल पौडेल र गृष्मा सापकोटाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्