प्रतिनिसभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

<span class='c1'>प्रतिनिसभा बैठक भदौ ५</span> <span class='c2'>गतेसम्मका लागि स्थगित</span>

काठमाडौँ । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ ।

सङ्घीय संसद् सचिवालयले दिउँसो ३ बजे बैठक स्थगित गरेको सूचना टाँसेको थियो । बैठक भदौ ५ गते दिउँसो ३ बजे बस्ने सूचनामा उल्लेख छ ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभाको अर्को बैठक यही ५ गते मङ्गलबारसम्म सारिएको संसदका महासचिवद्वारा जारी सूचनामा उल्लेख छ ।

संसद्को बैठक सञ्चालन गर्ने सम्बन्धमा संसद्मा प्रतिनिधित्व गर्ने दलको बैठक सिंहदरबारमा आज बसेको थियो । सो बैठकमा पनि सहमति जुट्न नसकेपछि आजको बैठक स्थगित गरिएको हो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण एक महिनादेखि संसद् बैठक सञ्चालन हुन सकेको छैन ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्