झापा । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-६ का ३२ बर्षीय बसन्त राईलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले राईलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिएको थियो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।