उपसभामुख काठमाडौँ हिँडेपछि कानुन व्यवसायीसँग परामर्श सुरु

<span class='c1'>उपसभामुख काठमाडौँ हिँडेपछि कानुन</span> <span class='c2'>व्यवसायीसँग परामर्श सुरु</span>

विराटनगर । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार बैठकमा अनुपस्थित हुने भएपछि प्रदेशसभा सचिवालयले कानुन व्यवसायीसँग परामर्श थालेको छ ।

कोशी प्रदेश प्रमुखकी उपसभामुख दनुवार आफैँले आज (सोमबार) प्रदेशसभाको बैठक बोलाएकी थिइन् । तर, उनी आफू बिरामी भएको कारण देखाउदै काठमाडौं हिडेंपछिको परिस्थितिबारे प्रदेशसभा सचिवालयले कानुन व्यवसायीसँग परामर्श थालेको हो । उपसभामुख दनुवारको अनुपस्थितीमा प्रदेशसभाको बैठक कसरी संचालन गर्ने भन्नेबारे सचिवालयले मुख्यन्यायाधिवक्ता सहित कानुन व्यवसायीसँग छलफल गरेको हो ।

छलफलको लागि सचिवालयले कोशी प्रदेशका मुख्यन्यायाधिवक्ता बुद्धिबहादुर कटुवाल, पूर्व मुख्यन्यायाधिवक्ता चुणामणि आचार्यसहित कानुन व्यवसायीसँग छलफल गरेको हो ।

उपसभामुख दनुवार अनुपस्थित भएपछि बिहान ८ बजेको लागि राखिएको कार्यव्यवस्था समितिको बैठक स्थगित भएको थियो । बैठकमा सहभागी सदस्यहरुको सल्लाहअनुसार कानुन व्यवसायीसँग छलफल भइरहेको कोशी प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए । उपसभामख दनुवारले आफू अनुपस्थित हुँदा अध्यक्ष मण्डलका सदस्य इसराईल मन्सुरीलाई बैठक संचालनको कार्य जिम्मेवारी दिएको बारे संवैधानिक र कानुनी छलफलमा सचिवालय जुटेको हो ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची रहेकै दिन उपसभामुखको अनुपस्थिति तथा उनले बैठक संचालनको जिम्मेवारी मन्सुरीलाई तोकेको विषयको कानुनी र संवैधानिक हैसियतबारे छलफल भईरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्