समुदायिक बिद्यालयलाई ल्यापटप र प्रोजेक्टर

<span class='c1'>समुदायिक बिद्यालयलाई ल्यापटप</span> <span class='c2'>र प्रोजेक्टर</span>

सुमन सुस्केरा
बिराटनगर, साउन ५
मोरङका ६ वटा बिद्यालयलाई नमुना बिद्यालयको रुपमा ल्यापटप र प्रेजेक्टर बितरण गरिएको छ । सामुदायिक बिद्यालयमा सिकाई उपलब्धी दर बढाउनको लागि प्रोजेक्टरको माध्यामबाट पठन पाठन गराउन सकियोस भन्ने उदेश्यले ल्यापटप बितरण गरिएको हो ।

वल्र्ड भिजन ईन्टर नेशनल नेपाल मोरङ सुनसरी क्षेत्र विकास कार्यक्रम र बाल एवम महिला विकास केन्द्र काउडेकको सहयोगमा मोरङ जिल्लाका ६ वटा सामुदायिक बिद्यालयलाई ल्यापटप र प्रोजेक्टर बितरण गरिएको थियो । प्रति बिद्यालय करिब १ लाख २६ हजारका दरले ७ लाख ५६ हजार बरावरको ल्यापटप र प्रोजेक्टर बितरण गरिएको छ ।

प्रति ल्यापटप ५७ हजार र प्रोजेक्टर ५१ हजार मुल्य पर्ने सामाग्री हस्तान्तरण हुनुले बिद्यालयमा पठन पाठनको गुणस्तरमा समेत सुधार ल्याउने मोरङका सहायक जिल्ला शिक्षा अधिकारी राजेन्द्र बुढाथोकीले बताउनुभयो । उहाँले धेरै बिद्यालयहरुलाई सरकारले कम्युटर उपलब्ध गराएको भएपनि ल्यापटप र प्रोजेक्टर उपलब्ध गराउन नसकेको स्वीकार गर्दै बिद्यालयहरुले आफ्नै आन्तरिक श्रोतबाट संचालन गर्दै आएको भएपनि यसरी शैक्षिक क्षेत्रमा काम गर्ने संस्थाहरुले ल्यापटप र प्रोजेक्टर उपलब्ध गराउनुले शिक्षा दिलाउने कुरामा धेरै सहजता सिर्जना गर्ने स्पष्ट पार्नुभयो ।

वल्र्ड भिजनको कार्यक्षेत्रमा रहेका सामुदायिक विद्यालयहरु मध्य राम्रो र स्तरिय पठन पाठन गराउँदै आएका ६ वटा सामुदायिक बिद्यालयलाई थप नमुना बिद्यालयको रुपमा स्थापित गर्ने कार्यक्रम अनुसार सामाग्री बितरण गरिएको शिक्षा संयोजक उमेश साहले जानकारी दिनुभयो । यसरी सामाग्री पाउने बिद्यालयहरुमा सरस्वती उच्च माबि सिसवनी बडहरा, लक्ष्मी माबि डंग्राहा, सरस्वती उच्च माबि झोराहाट, लक्ष्मी निमाबि भौडाहा, जनता उच्च माबि हरैचा र बेगनलाल निमाबि रहेका छन् । ति बिद्यालयहरुलाई सिकाई उपलब्धी र भर्नादरको आधारमा एक÷एक थान ल्यापटप र प्रोजेक्टर बितरण गरिएको काउडेककी कार्यक्रम संयोजक मिना बिष्टले बताउनुभयो । यस अघि पनि काउडेकले वल्र्ड भिजनको सहयोगमा बिद्यालाई डेस्कटप कप्युटर उपलब्ध गराई सकेको छ । कार्यक्रममा काउडेकका जमुना खड्का, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु, बिद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्