कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाए

<span class='c1'>कोशी प्रदेशका मुख्यमन्त्री उद्धव</span> <span class='c2'>थापाले विश्वासको मत पाए</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् ।

प्रदेशसभा बैठकका अध्यक्षले पनि मतदान गरेपछि उनले विश्वासको मत पाएका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । गठबन्धनसँग पनि ४७ मत नै छ । सभामुखलाई राजीनामा गराएर सरकार गठन गरेका कारण कोशीमा सभामुख बिहिन छ । कार्यबाहक सभामुखको जिम्मेवारीमा उपसभामुख छिन् । उपसभामुख सृजना दनुवारले आफ्नो स्वास्थ्यको कारण देखाउँदै सोमबार बिहान काठमाडौँ लागिन् ।

काठमाडौँ जाने क्रममा उनले कांग्रेस सांसद तथा अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीलाई काम कारबाही सञ्चालन गर्ने जिम्मेवारी दिएकी थिइन् । संविधानत अध्यक्षले मतविभाजन गर्दा बराबरी भएमात्रै मतदान गर्न पाउँछन् । तर सत्ता गठबन्धनले उनलाई पनि मतदान गर्न लगाएर विश्वासको मत लिएको हो । अध्यक्षको कार्य गैरसंवैधानिक भएको नेकपा एमालेले जनाएको छ ।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले संविधानको उल्लङघन भएको दाबी गरे । मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिन चाहेका थिए, तर उपसभामुख सृजना दनुवारले सोमबार दिउँसो १ बजे समय तोकिदिइन । प्रदेशसभाको बैठक बस्ने दिन बिहान अध्यक्ष मण्डलका सदस्य मन्सुरीलाई जिम्मेवारी दिएर काठमाडौं हिँडेपछि मुख्यमन्त्री उद्धव थापाले आजलाई विश्वासको मत समय टरेको बताएका थिए । तर सत्ता गठबन्धनले आजै विश्वासको मत लिने निर्णय गरेपछि प्रदेशसभा बैठक बसेको थियो ।

आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री थापाको पक्षमा ४७ मत र विपक्षमा ३० मत परेको छ । बैठकमा १६ प्रदेशसभा सदस्य अनुपस्थित रहेका थिए।
संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आज मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन् । प्रदेशसभाको अर्को बैठक यही भदौ ६ गते दिनको ३ बजे बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्