भदौ पहिलो सातासम्म देशभर ९२ प्रतिशत रोपाई

<span class='c1'>भदौ पहिलो सातासम्म देशभर</span> <span class='c2'>९२ प्रतिशत रोपाई</span>

काठमाडौँ । भदौ १ गतेसम्म ९२ प्रतिशत रोपाई सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता तपेन्द्रबहादुर बोहराका अनुसार अहिलेसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा मात्र रोपाई सकिएको छ । हालसम्म कोशी प्रदेशमा ९७ प्रतिशत, मधेश प्रदेशमा ८२ प्रतिशत, वाग्मती प्रदेशमा ९३ प्रतिशत, गण्डकी प्रदेशमा ९४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९५ प्रतिशत, कर्णाली प्रदेशमा ९९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा पनि ९९ प्रतिशत नै रोपाई सकिएको छ ।

गत वर्ष यही समयमा देशभर ९५ प्रतिशत भूभागमा रोपाई सकिएको मन्त्रालयले जनाएको छ । यस वर्ष ढिला वर्षा भएकाले कम प्रतिशत रोपाई भएको हो ।

धेरै धान उत्पादन हुने मधेश प्रदेशमा सबैभन्दा कम प्रतिशत रोपाई भएको छ । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्