विराटनगरको मेरिल्याण्ड कलेजमा हाजिरी जवाफ प्रतियोगीता सम्पन्न

<span class='c1'>विराटनगरको मेरिल्याण्ड कलेजमा हाजिरी</span> <span class='c2'>जवाफ प्रतियोगीता सम्पन्न</span>

विराटनगर । विराटनगर ७ स्थित मेरिल्याण्ड कलेजले सोमबार कक्षा - १२ का विद्यार्थीहरुको लागि हाजिरी जवाफ सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्घाटन मेरिल्याण्ड कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले पहिलो प्रश्न सोधी गरेका थिए ।

हाजिरी जवाफ प्रतियोगितामा कक्षा १२ का नौ वटा टीमको सहभागीता रहेकोमा प्रथम सुर्यमुखि सेक्सन, द्वितीय जाइ सेक्सन र तृतिय सुनाखरी सेक्सन भएका थिए ।

विजयी प्रतियोगीहरुले कक्षा ११ को हाजिरी जवाफ विजेता टीमसँग प्रतिस्पर्धा गर्ने छन् । कार्यक्रममा नवजीत प्रधान, दिपेश भगत, डा. पि.के. झा, भेषराज पोखरेल र डा. मनोज गुप्ता लगायतले क्वीज मास्टरको भूमिका निर्वाह गरेका थियो । मेरिल्याण्ड कलेजले २०८० सालको वार्षिक शैक्षिक क्यालेण्डर अनुसार नै विद्यार्थीको चौतर्फी विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलाप गराउने गरेको प्रिन्सीपल लक्ष्मण ढकालले बताए । कार्यक्रममा कलेजका डाइरेक्टर प्रदीप भगत, नन्द किशोर अग्रवाल लगायत शिक्षकहरु श्याम झा, बद्री पौडेलको उपस्थिति रहेको थियो । त्यस्तै स्कोरबोर्डमा कर्मचारी द्वय मुक्ति गच्छदार र किशोर रायले सहयोग गरेका थिए ।

हालै राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित २०८० सालको कक्षा - १२ को रिजल्टमा मेरिल्याण्डले ९५.३७ प्रतिशत विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको कलेजले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्