पथरीशनिश्चरेमा खोलाले बगाएर एक जना वृद्धाको मृत्यु

<span class='c1'>पथरीशनिश्चरेमा खोलाले बगाएर एक</span> <span class='c2'>जना वृद्धाको मृत्यु</span>

विराटनगर भदौ ५, 

मोरङको पथरीशनिश्चरे नगरपालिका–६ मा खोलाले बगाएर एक जना वृद्धाको मृत्यु भएको छ ।

तीर्थ खोलाले बगाएर पथरीशनिश्चरे–६ की ७० वर्षीया भीरमाया श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार तर्ने क्रममा सोमबार दिउँसो १२:१५ बजेतिर वृद्धालाई तीर्थ खोलाले बगाएको थियो ।

खोलाले बगाएर बेपत्ता बनाएकोमा दुई सय मिटर तल रुखको जरामा अल्झिरहेको अवस्थामा शव फेला परेको डीएसपी दाहालले बताए । जरामा अड्किएको अवस्थामा आमाको शव देखेपछि छोराले प्रहरीलाई खबर गरेका हुन् ।

शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिएको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्