प्रदेश नम्बर १ मा सबैभन्दा बढी इकाई मोरङ जिल्लामा निर्माण हुने

<span class='c1'>प्रदेश नम्बर १ मा सबैभन्दा बढी</span> <span class='c2'>इकाई मोरङ जिल्लामा निर्माण हुने</span>

विराटनगर साउन ६ , स्थानीय तह पुनःसंरचना आयोगका अनुसार प्रदेश नम्बर १ मा सबैभन्दा बढी इकाई मोरङ जिल्लामा निर्माण हुन लागेको छ । मोरङमा संघीय संरचनामा जाँदा १३ वटा समूह गाउँपालिका वा नगरपालिका हुने भएको आयोगले जनाएको छ । स्थानीय तह पुनःसंरचना आयोगले देशभर ५६५ वटा इकाई तय गरेको छ ।   स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलका अनुसार साउनभित्र १३ वटा युनिट तय गरी केन्द्रमा सिफारिस गर्न स्थानीय समितिलाई निर्देशन दिइएको छ ।

आयोगका अनुसार स्थानीय समितिले सरोकारवालाहरुसँग छलफल गरेर मोरङमा बढीमा १३ वटासम्म संख्या तोक्न सक्छ । यसका लागि आयोगले मापदण्ड तय गरिसकेको छ  । आयोगका अनुसार १ नम्बर प्रदेश अन्तर्गत सुनसरीमा ११, झापामा १०, भोजपुरमा ८, धनकुटामा ५, ताप्लेजुङमा ८, खोटाङमा ९, इलाममा ८, ओखलढुंगामा ७, पाँचथरमा ५, उदयपुरमा ७, संखुवासभामा ७, तेह्रथुममा ५ वटासम्म इकाईहरु हुनेछन् । यस्ता इकाइमा गाउँपालिका वा नगरपालिकाहरु पर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्