विराटनगर । कोशी प्रदेशसभाको बैठक एमाले र राप्रपाले बहिस्कार गरेपछि स्थगित भएको छ ।
आज बसेको बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरु उठेर विरोध जनाएका थिए ।
सोहीक्रममा प्रदेशसभामा बोल्दै एमालेका सांसद तिलकुमार मेन्याङ्बोले सभाध्यक्षको कुर्सीमा बसेर मुख्यमन्त्री उद्धब थापालाई संविधान विपरीत विश्वासको दिएको भन्दै विरोध जनाएका थिए ।
उनले सभाध्यक्षले अरु पनि गैरसंवैधानिक कार्य गर्नसक्ने देखिएको भन्दै नाराबाजी सुरु गरेका थिए ।
त्यसपछि एमाले र राप्रपाका सबै सांसदहरु बैठक छोडेर हिडेपछि प्रदेशसभा बैठक स्थगित भएको हो।
प्रदेशसभा बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी प्रस्ताव टेबल गर्ने कार्यसूची थियो ।