काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको तीर्थयात्री बस दुर्घटना अपडेट : थप एकको मृत्यु

<span class='c1'>काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको तीर्थयात्री बस</span> <span class='c2'>दुर्घटना अपडेट : थप एकको मृत्यु</span>

बारा । बरामा तीर्थयात्री बोकेको बस दुर्घटनामा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

योसँगै उक्त दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ । तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो ।

मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह र ६५ वर्षीया मीरादेवी सिंह रहेका डिएसपी न्यौपानेले बताउनुभयो । बाँकी चार जनाको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा तीन नेपाली तथा १४ भारतीय नागरिक घाइते भएका छन् । उनीहरु पशुपतिनाथको दर्शन गरी फर्किदै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्