विराटनगर भट्टिमोडमा सिटी रिक्साको ठक्करबाट घाइते पुरुषको उपचारका क्रममा मृत्यु

<span class='c1'>विराटनगर भट्टिमोडमा सिटी रिक्साको ठक्करबाट</span> <span class='c2'>घाइते पुरुषको उपचारका क्रममा मृत्यु</span>

मोरङ, साउन ७

मोरङको विराटनगर-१९ स्थित भट्टिमोडमा गत असार ८ गते सिटी रिक्साको ठक्करबाट घाइते भएका ४८ बर्षिय नारायण महतको विहीबार मृत्यु भएको छ।

पैदल हिड्दै गरेका महतलाई को १ ह ३४७२ नम्बरको सिटी रिक्साले ठक्कर दिएको थियो।

ठक्करबाट गम्भिर घाइते भएका महतको गोल्डेन अस्पतालमा उपचारको क्रममा राती १०;४० बजे मृत्यु भएको हो। ठक्कर दिने सिटी रिक्साका चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ।

मोरङकै सुन्दरदुलारी-१ गोठगाउँमा विहीबार राती ९ बजे को १४ प १४६८ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री ठडिया-१ बस्ने ३७ बर्षिय धन बहादुर राइ घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकल चालक सोही स थान बस्ने ३२ बर्षिय प्रदिप राइ समेत घाईते भएकाले दुवैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्