विराटनगरका चौधरीको हत्यारा पत्ता लगाउने प्रहरी,श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

<span class='c1'>विराटनगरका चौधरीको हत्यारा पत्ता लगाउने</span> <span class='c2'>प्रहरी,श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित</span>

विराटनगर । गत साउन ५ गते धरान–इटहरी सडक खण्ड सेउती पुलमा विराटनगरका २८ बर्षिय रोहित चौधरीको गोली हानी हत्यामा संग्लग्नलाई पक्राउ गर्न सफल भएका प्रहरी सहायक निरीक्षक किरण मगर श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

सेउती पुल नजिकै श्रृंखलाबद्ध रुपमा भएको लुटपाट गर्ने क्रममा गोली प्रहार गर्ने समुहको सुक्ष्म अनुसन्धान गरी घटनामा संग्लग्नहरुलाई पक्राउ गर्न सफल भएका मगरलाई कोशी प्रदेश प्रहरी कार्यालयले श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गर्दै पुरस्कृत गरेको हो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत प्रहरी सहायक निरीक्षक सृजना राईलाई पनि श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । राईले खोटेहांङ गाउँपालिका–३ का १६ बर्षीय राजेश राई २०७८ पुस ८ गते देखि हराएकोमा खोजतलास गर्ने क्रममा भारतको जम्मु काश्मिर उदमपुरको पलास बाल आश्रममा रहेको सूचना पश्चात दिल्ली सीडब्लुसी नामक संस्थासंग आवश्यक समन्वय गरी नेपाल ल्याउने वातावरण निर्माण गरेकी थिइन् ।

दुवै जनाले गरेको उल्लेखनिय कार्यको उच्च मुल्याङकन गर्दे प्रदेश प्रहरी कार्यालय विराटनगरले महिनाको सर्वोत्कृष्ट प्रहरी घोषीत गरी पुरस्कृत गरेको हो । विभागीय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोवलका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने प्रहरीलाई प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गर्दै आएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्