विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले आपसी सद्भाव र एकता कामय राख्न नगरबासीसँग आग्रह गरेका छन् ।
शुक्रबार एक अपिल जारी गर्दै केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशील बनाएकोमा चिन्ता व्यक्त गरेका छन् ।
‘सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुने गरी आपसी सद्भाव, भाइचारा र एकताक कायम गर्न सम्पूर्ण आम धरानबासीलाई हार्दिक अपील गर्दछु, मेयर साम्पाङले भनेका छन् ।