सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने

<span class='c1'>सातौं राष्ट्रिय खेलकुदमा ३२</span> <span class='c2'>खेल समावेश हुने</span>

काठमान्डौ साउन ७ , सातौं राष्ट्रिय पूर्व निर्धारित क्षेत्र पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म गर्न नयाँ मिति निर्धारण भइसकेको सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने भएको छ । सातौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको बिहीबार सातदोबाटोमा बसेको बैठकले उक्त निर्णय गरेको हो । समितिका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टको अध्यक्षतामा बसेको बैठकले यस अघि सातौं राष्ट्रिय अन्तर्गत शारीरिक सुगठन, पौडी र ट्रायथलन सम्पन्न भइसकेकाले ३२ खेल मात्र समावेश गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहितकुमार दाहालले जानकारी गराए । सातौं राष्ट्रियमा ३५ खेल हुने भनिएकोमा सातौ अन्तर्गत उक्त ३ खेल सम्पन्न भएकाले खेल संख्यालाई ३२ मा झारिएको हो । सातौंको एथलेटिक्स अन्तर्गत म्याराथन पनि आयोजना भइसकेको हुँदा म्याराथन बाहेकका स्पर्धामा प्रतिस्पर्धा हुनेछ । त्यस्तै बैठकले खेलाडीदर्ता साउन २५ देखि भदौ २०, जिल्ला प्रतियोगिता भदौ २५ देखि असोज १४ तथा क्षेत्रीय प्रतियोगिता कात्तिक २३ देखि मंसिर ३ गतेलाई ताकेको छ । गत आइतबार सम्पन्न राखेपको १०६ औं बोर्ड बैठकले सातौं राष्ट्रिय पूर्व निर्धारित क्षेत्र पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म गर्ने निर्णय गरेको थियो । बजेटको समस्य र मधेश आन्दोलनले गर्दा दुई पटक मिति घोषणा भए पनि सातौं राष्ट्रिय स्थगित भएको थियो । २०७२ सालमा सातौं राष्ट्रिय पहिलो पटक मंसिर ११ देखि १८ तथा दोश्रो पटक फागुन १८ देखि २३ गते हुने भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्