धरानमा सामाजिक सद्भाव खल्बलिन नदिन सर्वदलीय अपिल

<span class='c1'>धरानमा सामाजिक सद्भाव खल्बलिन</span> <span class='c2'>नदिन सर्वदलीय अपिल</span>

विराटनगर । सुनसरीको धरानका राजनीतिक दलहरुले सामाजिक सद्भाव खल्बलिन नदिन दलहरूलेअपिल गरेका छन्।

आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दलहरुले भोलि (शनिबार) धरानमा तय गरिएका कार्यक्रम स्थगित गर्न पनि अनुरोध गरेका हुन्। धरानमा रहेका १३ राजनीतिक दलले संयुक्त विज्ञप्तिमार्फत धार्मिक सहिष्णुता कायम गर्न सबैमा अनुरोध पनि गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘भोलि भाद्र ९ गते सम्बन्धित पक्षहरुबाट धरानमा आयोजना गर्न लागिएका पुर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरी वतावरण सहज बनाउन भूमिका निर्वाह गरिदिन हुन हार्दिक अनुरोध गर्दछौँ।’

परिस्थितिको गाम्भिर्यतालाई मनन गर्दै सामाजिक सञ्जाललगायतबाट सामाजिक सदभाव खलबलिने सामग्रीहरु पोष्ट, शेयर तथा कमेन्ट नगरिदिन पनि अपिल गरिएको छ। सर्वपक्षीय वार्ता र सम्वादबाट विवाद समाधान गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ।.

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्