विराटनगरमा विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता : एभरेष्ट र पोखरीयाकाे बिजयी

<span class='c1'>विराटनगरमा विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता :</span> <span class='c2'>एभरेष्ट र पोखरीयाकाे बिजयी</span>

विराटनगर । विराटनगरमा सुरु अन्तर स्कुल बास्केटबल प्रतियोगिताको उद्घाटन खेलमा एभरेष्ट स्कुल विराटनगर र पोखरीया स्कुल विराटनगर विजयी भएका छन् । एभरेष्ट कलेजमा भएको उद्घाटन खेलमा पोखरीया स्कुलले डन बोस्को स्कुल विराटनगरलाई २४–१८ को सेटमा पराजित गर्दै बिजयी भयो । खेलको म्यान अफ द म्यच पोखरीयाका रितेश ठाकुर भए ।

दोस्रो खेलमा एभरेष्ट स्कुल विराटनगरले डिपिएस स्कुल विराटनगरलाई २६– २ अंकले पराजित गर्याे । दोस्रो खेलको म्यान अफ द म्याच एभरेष्ट स्कुल विराटनगरका शिव साह भए ।

२९ भदौंसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन एभरेष्ट स्कुलका प्रिन्सिपल टीकाराम पुरी र कोशी बास्केटबल संघका अध्यक्ष मनिष गुरुङले गरे ।

आयोजक संस्था विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्सालका अनुसार आजबाट सुरु भएको प्रतियोगितामा ८ वटा स्कुल सहभागि छन् । होम एण्ड अवे फरम्याटमा २८ वटा खेलहरु हुने उनले बताए ।

प्रतियोगितामा एभरेष्ट, पोखरीया, सगरमाथा, बिकेभिएम, डिपिएस, डन बोस्को,अरनिको, सेन्टजोसेफ स्कूल सहभागि छन् ।

प्रतियोगिता विराटनगर बास्केटबल एकेडेमीले आयोजना गरेको हो । खेलको विकास र विद्यार्थीहरुलाई खेलकुदप्रति आकर्षित गर्दै उनीहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक त्रिलोक बाँस्तोलाले जानकारी दिए ।

विद्यालयस्तरबाट खेलप्रति आकर्षित गराउन सके राम्रो खेलाडी उत्पादन गर्न सकिने बताउँदै, संयोजक बाँस्तोलाले भने, ‘खेलकुदले एउटा खेलाडी उत्पादन मात्रै गर्ने नभई एउटा सभ्य समाज निर्माणमा ठूलो टेवा पुग्छ । खानैदेखि खेलकुदप्रति आकर्षित गर्न सके युवापुस्ता लागुऔषध दुर्व्यसनी हुनबाट जोगाउन सकिन्छ ।’

बास्केटबल खेलाडी उत्पादन गर्ने उदेश्यले आयोजित प्रतियोगिता सगरमाथा, बिकेभिएम, डिपिएस, डनबोस्को, एभरेष्ट, सेन्ट जोसेफ र कोबास कलेजको बास्केटबल कोर्टमा हुनेछ ।

होम एण्ड अवे फर्म्याटको लिगमा एउटा टिमले आफ्नो ग्रुपका टिमसँग ३ खेल आफ्नो होम कोर्टमा र ३ खेल प्रतिद्वन्द्वी टिमको होम कोर्टमा खेल्नेछ ।

चौथो संस्करणको प्रतियोगीताको विजेताले ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्