गाईजात्रा पर्ख

<span class='c1'>गाईजात्रा</span> <span class='c2'>पर्ख</span>

-सविना श्रेष्ठ
केपी ओली उखान टुक्के प्रचण्डे ज्यान मारा
जनताले दु:ख पाए सेरे हुति हारा
अनिकाल लागिसक्यो अर्थतन्त्र धोस्त
लालचमा फसेरनै बनाए छन् दोस्त।

छत बाट गुन्टी खेल्ने रविको डाइभर
लेनदेनको कुरा हुन्छ इन्टर नेट भाइबर
एयरपोर्टबाट भित्रिनेछ कुइटल कुइटल सुन
आँखा चिम्ली बस्छन् नेता के गरेका हुन्।

काण्ड पनि कतिहेर्नु रंगमञ्चको कला
रमिते यी जनताको भलो कहिलेहोला
बाघ निस्के बालेन साह देश हल्लाउँने रवि
गर्न पाउने छैनौंअब देशको लागि ठगी।

धर्म पनि मान्न छाडे गाई खान थाले
कलियुग यहीँ हो भन्थे हिजो हाम्रा बाले
केके सुन्नु पर्ने हो भन्छिन हजुर आमा
रगतको खोलो बग्छ हरे हरे राम।

छाती दरो बनाई राख देश सकाउँने ओली
जनताले छाड्ने छैनन् ठोक्छन अब गोलि
पाखै भरी पाएप तान्दै हिड्ने मेयर हर्क
पापको घडा भरी सको फुटाई दिन्छन् पर्ख।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्