प्रधानमन्त्रीको राजीनामा स्वीकृत भयो

<span class='c1'>प्रधानमन्त्रीको राजीनामा</span> <span class='c2'>स्वीकृत भयो</span>

काठमान्डौ साउन ९ , राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट आजैका मितिदेखि लागू हुने गरी दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको तेस्रो बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्योहोरा सुनाउँदै उक्त जानकारी दिनुभएको हो ।

बैठकमा नेपालको संविधानबमोजिम प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएको सदनमा जानकारी गराइसकिएकाले प्रधानमन्त्रीमाथि विश्वास छैन भनी २८१ जना सांसदको हस्ताक्षरसहितको अविश्वासको प्रस्तावको बाँकी प्रक्रिया अगाडि बढाइरहनु नपर्ने जानकारी समेत सभामुखले सदनलाई जानकारी गराउनुभएको थियो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक यही साउन ११ गते बिहान ११ बजे बस्नेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्