युद्धबाट शान्तिमा आए पनि मन बदल्न नसक्दा पार्टी धेरै चिरामा परिणत भएको छ : मन्त्री किराँती

<span class='c1'>युद्धबाट शान्तिमा आए पनि मन बदल्न नसक्दा पार्टी</span> <span class='c2'>धेरै चिरामा परिणत भएको छ : मन्त्री किराँती</span>

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले युद्धबाट शान्तिमा आए पनि मन बदल्न नसक्दा पार्टी धेरै चिरामा परिणत भएको बताएका छन् ।

प्रेस सेन्टर मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले युद्धबाट शान्तिमा आए पनि मन बदल्न नसक्दा पार्टी धेरै चिरामा परिणत भएको भन्दै पार्टी जसरी जनता र जरा भनेर फर्किएको छ त्यसले पार्टी रूपान्तरणमा मद्दत पुग्ने बताएका हुन् ।

युद्धबाट शान्तिमा आउँदा आएपछि बाटो परिवर्तन गरेको बताउदै उनले भने,"तर हामीले मन बदल्न नसक्दा हाम्रो पार्टी धेरै चिरामा परिणत भयो र ती विभाजित विचारले हामीले गरेको राम्रो काम पनि भन्न नसक्ने अवस्थामा पार्टी पङ्ती पुगेको छ ।" जनतालाई ध्यान नदिएको कारण यस्तो भएको बताउदै उनले जसरी अहिले जनता र जरा भनेर फर्किएका छौँ, सरकारले जुन भ्रष्टाचारको विरुद्धमा जुन कदम चालेको छ त्यसलाई निरन्तरता दिने, इतिहासका प्रजातन्त्रपछि यति राम्रो काम गर्ने अहिलेको सरकार रहेको दाबी गरे ।

उनले अपूर्णताबाट मात्रै कुरा उठाउने र विरोध गरेर मात्रै आफू राम्रो हुन्छ भन्ने कुरा राजनीतिले सिकाएको भन्दै भ्रष्टाचारको कुरामा म आए पनि प्रधानमन्त्री नै आए पनि नछोड्ने प्रतिबद्धता रहेको पनि बताए । उनले भने, ‘विरोध गरेर मात्रै आफू राम्रो हुन्छ भन्ने नेपाली संस्कृति बनेको छ, मुख्य जिम्मेवारी यसमा राजनीतिक शक्तिको हो । हामीले अहिले सम्म विरोध गर्न मात्रै सिकायौँ । समानताबाट कहिले पनि कुरा उठाएनौँ, हाम्रो अपूर्णताबाट मात्रै कुरा उठ्ने गर्छ त्यो राजनीतिले सिकाएको कुरा हो । भ्रष्टाचारको कुरामा म आए पनि प्रधानमन्त्री नै आए पनि नछोड्ने कुराको प्रतिबद्धता नै छ ।

अर्को प्रसङ्गमा उनले बन्द भएका एयरपोर्ट सञ्चालन गर्न आफूले प्रयास गरिरहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्