विराटनगर । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दुई सय २१ रन पूरा गरेको छ ।
श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले खेलको ४६ दशमलव ४ ओभरमा दुई सय २१ रन पूरा गरेको हो ।
टस हारेर पहिले ब्याटिङ थालेको नेपालले अहिले ४६.४ ओभरमा सात विकेट गुमाएर २२१ रन बनाउँदै खेलिरहेको छ ।